Upalabdhi News

जबरा सर्वोच्च फर्कन लागेपछि सुरक्षा व्यवस्था कडा, न्यायाधीश र वकिलहरूद्वारा गेटमै धर्ना

उपलब्धि मिडिया
अशोज २, २०७९ | ९:५० बजे


काठमाडौं, २ असोज ।आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् ।जबरासर्वोच्च फर्कने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।जबराविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै जबराले सर्वोच्च फर्किने तयारी गरेका हुन् ।

अदालत परिसरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको छ ।जबरा सर्वोच्च फर्कने तयारी भएपछि उनको निलम्बन फुकुवा नभएको भन्दै वकिल र सर्वोच्चका केही न्यायाधीश गेटमै छेक्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?