Upalabdhi News

संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउनेछ – प्रकाशमान सिंह

उपलब्धि मिडिया
अशोज २, २०७९ | १०:२५ बजे

काठमाडौं, २ असोज ।संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। आज गणेशमान सिंहको २५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्खै मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्।

उनले संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?