समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कालीमाटीमा प्रतिकेजी १२ रुपैयाँ ३३ पैसादेखि ७५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।
आज रायोको साग, बन्दा र काउली सबैभन्दा सस्तो प्रतिकेजी १२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने सिताके च्याउको भाउ महँगो ७५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, आज ज्यापु काउलीको भाउ प्रतिकेजी १७ रुपैइाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय) ५५ रुपैयाँ, सानो तराई गोलभेडा २० रुपैयाँ ६७ पैसा, रातो आलु ३४ रुपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ, सुकेको प्याज (भारतीय) ७१ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ र तराई गाजर २५ रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
