भारतबाट उद्वार गरिएका १० बालकको अभिभावकहरुसँग पुर्नमिलन गराइयो

काठमाडौं, २ असोज । विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।नेपाली बालकहरुलाई भारतिय सामाजिक संस्था,भारतीय प्रहरी , बाल कल्याण समिती मुम्बई को समन्वयनमा बालकहरुको उद्दार गरीएको थियो ।उद्दार गरि ल्याईको बालकहरुलाइ राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी ,जिल्ला प्रहरी कार्यालय पर्सा साथसाथ र अन्य संस्था लगायत सरोकारवाला निकायहरुको समन्वयनमा २०७९ भाद्र ३१ गते शुक्रवार परिवारमा पुर्नमिलन गराईएको थियो ।
विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘बालबालिका सँगसँगै’ संस्थाले बालकहरूको उद्धार गर्न पहल गरेको थियो। उद्धार गरिएका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा लगायत सरोकारवाला निकायहरूको समन्वयनमा परिवारसँग पुर्नमिलन गराइएको छ।
उद्धार भएका ११ देखि १७ वर्ष उमेर समुहका बालकहरू रौतहट, सुनसरी र मोरङ जिल्लाका छन्। पछिल्लो समय नेपालबाट विभिन्न बाहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरूमा लैजाने क्रम बढेको राष्ट्रिय बालअधिकार परिषदका देवीप्रसाद डोटेलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
