एमालेले जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको छ –रामनारायण बिडारी
काठमाडौं, २ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने राष्ट्रियसभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीको भनाई छ ।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका हुन् ।
उनले संसद जीवित रहेको पनि बताए । बिडारी संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । वरिष्ठ अधिवक्ता बिडारीले एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप