दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो ।
सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।
साथै उक्त समयावभिधित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्









