Upalabdhi News

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’ आठजनाको मृत्यु

उपलब्धि मिडिया
अशोज १०, २०८२ | ११:५४ बजे


काठमाडौं।  इजरायली सेनाले आफ्नो वायुसेनाबाट यमनमा अहिलेसम्मकै ‘सबैभन्दा ठूलो आक्रमण’ गरेको दाबी गरेको छ। हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा यो आक्रमण गरिएको इजरायली सेनाले बताएको छ।

इजरायली रक्षा बलले राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा तथा गुप्तचर सेवाहरू र सेनासँग सम्बन्धित लक्ष्यहरूमा बमबारी गरेको बताएको छ।

हुथी विद्रोही सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो आक्रमणलाई इजरायलद्वारा गरिएको ‘क्रूर अपराध’ को रूपमा वर्णन गरेको छ।

मन्त्रालयले आक्रमणमा नागरिक स्थान र आवासीय भवनहरूलाई लक्षित गरिएको र आठ जनाको मृत्यु भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?