Upalabdhi News

खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन ऊर्जामन्त्रीको निर्देशन

उपलब्धि मिडिया
अशोज १८, २०८२ | १:५९ बजे


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् ।

शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।

‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले काम गर्नुपर्छ,’ उनले भने, ‘खोला किनारातिर उपकरणहरु छन् भने हटाउन पर्यो, प्रोजेक्टहरुले सतर्कता अपनाउन पर्यो । ठुला–ठुला प्रोजेक्टहरुले धेरै साधनहरु÷ उपकरण राखिरहेका हुन्छन् ती उपकरण बगाउने, पहिरोले पुर्ने सम्भावना हुन्छ त्यसलाई सहि ठाउँमा राख्नुपर्यो ।’उनले काठमाडौंवासीसहित नदी किनारामा बस्ने आम जनसमुदायलाई विषेश सर्तकता अपनाउन आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?