रोशी र बेथानचोक गाउँपालिकाका एक सय जनालाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । काभ्रेपलाञ्चोकका रोशी र बेथानचोक गाउँपालिकाका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोशी गाउँपालिका वडा नं १ र २ खहरेपाँगु र शिखरआम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि त्यस स्थानमा बस्न जोखिम हुने भएकाले नक्केल डाँडा, फलामेसाँघु, नारायणटार लगायतका स्थानका करिब ३० परिवारका १५० जनालाई शनिवार साँझबाटै विद्यालयमा राखिएको हो । रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् ।
प्रतिक्रिया दिनुहोस्






