गाजामा आक्रमण गर्न इजरायलका प्रधानमन्त्री नेतान्याहूले दिए आदेश, अन्योलमा युद्धविराम
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ ।
यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ। इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्









