Upalabdhi News

 सरकारलाई निर्वाचन आयोगले पठायो राय, अध्यादेश ल्याउन कानुनी रूपमा बाटो खुला

उपलब्धि मिडिया
कार्तिक २०, २०८२ | ११:४४ बजे

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी निर्वाचन आयोगले प्रचलित ऐनमा सुधार गर्ने गरी राय गृह मन्त्रालय पठाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनी रूपमा बाटो खुलाउने गरी राय पठाइएको छ। 

विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्न लागिएको हो।

‘गृह मन्त्रालयले कानुनमा राय मागेको हो। कुन बुँदामा के राख्दा हुन्छ भनेर कानुनी शब्दहरू राखेर राय पठाइएको छ । कानुनमा सुधार गर्ने विषय अगाडि बढे पनि व्यवहारिक रूपमा के कसो गर्ने भनेर सरकारले थप काम गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?