Upalabdhi News

स्वदेश फर्कियो नेपाली क्रिकेट 

उपलब्धि मिडिया
कार्तिक २१, २०८२ | ८:४६ बजे

काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो।  स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। 

नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो। त्यहाँ वेस्ट इण्डिजसँग तीन खेलको टी–२० सिरिज खेलेको थियो। त्यसमा पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल गुमाएको थियो। तर टी–२० सिरिज भने कब्जा गर्न नेपाल सफल भएको थियो। त्यसपछि नेपाली टोली ओमान प्रस्थान गरेको थियो। हाँ आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोट खेल्यो। 

एसिया छनोटमा नेपालले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्‍यो। समूह चरणका दुई र सुपर सिक्समा पाँच खेल जितेको नेपाल प्रतियोगिताको च्याम्पियन नै बन्यो। त्यसपछि नेपाली टोली पुनः युएई फर्किएको थियो। युएईमा आइसिसी विश्वकप लिग–२ को खेलमा अमेरिका र घरेलु टोलीसँग खेल्यो। दुई देशसँग दुई–दुई खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो। लिग–२ खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?