Upalabdhi News

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग अध्यक्षको छलफल

उपलब्धि मिडिया
कार्तिक २१, २०८२ | १०:२३ बजे


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । शुक्रबार ९कात्तिक २१० बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राष्ट्रियसभामा प्रतिनिधित्व रहेका नेकपा ९माओवादी केन्द्र०का तर्फबाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा ९एमाले०बाट गोपालप्रसाद भट्टराईलगायत सदस्यको उपस्थित छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालले यो सदनअन्तर्गतका समितिहरूको बैठक निरन्तर राखिरहेका छन् । साथै, राष्ट्रियसभाको अधिवेशन आह्वानका निम्ति सरकार, राजनीतिक दलहरूसँग छलफल र पहलकदमी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?