सीजी मोटर्सद्वारा थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको घोषणा
काठमाडौं । आयन र एक्स्पेङ का आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुम सँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित छ।
नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङ का आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्दछ। हाल यहाँ आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन्। आयन वाइ र आयन भी लक्जरी मोडेलहरू क्रमशः ५८.५ लाख ६९.९ लाख को मूल्यमा उपलब्ध छन्, र आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूका कारण यी मोडेलहरूले उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्।
आयन भी लक्जरीमा ७५.३ किलोवाट आवर को म्यागजिन ब्याट्री रहेको छ जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्दछ। यसमा आफ्नो सेग्मेन्टमा पहिलो पटक उपलब्ध ८प्वाइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज तथा वार्मर जस्ता विलासी सुविधाहरू छन्। आयन वाइमा १०० किलोवाट मोटर रहेको छ जसले अधिकतम २२५ एनएम टर्क प्रदान गर्छ। यसमा प्रयोग गरिएको लिथियम आयरन फस्फेट ब्याट्री को क्षमता ६१.४ किलोवाट आवर रहेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।
८४.९९ लाख मूल्य रहेको एक्स्पेङ जी६ भने प्रिमियम सेग्मेन्टको एस् यु् भी रहेको छ। यसमा ४४० एनएम टर्क, अटो पायलट फिचरहरू, ५–स्टार युरो एन्-क्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, क्भ्एब् २.० स्ट्रक्चर, र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन्।









