Upalabdhi News

को हुन् ३३औं आइजिपी नियुक्त भएका दानबहादुर कार्की ?

उपलब्धि मिडिया
कार्तिक २५, २०८२ | ८:५५ बजे

काठमाडौँ । मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् । 

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की आफ्नो ब्याचमा १ नम्बर वरीयातामा थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी सङ्गठनको नेतृत्व गर्नेछन् ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा। मनोज कुमार केसी थिए । एआईजी सिद्धि बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए । तर, कार्की उनीहरू सबैको ‘कमान्डर’ बनेका छन् ।

प्रहरीमा दानबहादुर कार्की कडा स्वभावका ‘कमान्डर’ भनेर चिनिन्छन् । मातहतका प्रहरी कर्मचारी उनीसँग हच्किने गर्छन् । कमान्डमा ‘कठोर’ शैली पछ्याउने कार्की जेनजी प्रदर्शनको भोलिपल्ट आईजीपीको आदेशमा भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरी गएर कमान्ड समाल्न राजी भए । त्यहीँबाट उनले आईजीपीको यात्रा तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?