Upalabdhi News

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?  

उपलब्धि मिडिया
कार्तिक २५, २०८२ | १२:३३ बजे


 काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?