Upalabdhi News

सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै, प्रसाईं भने सहभागी नहुने 

उपलब्धि मिडिया
कार्तिक २६, २०८२ | १०:५४ बजे


 काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने छ । वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् ।

सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नहुने खतिवडाले बताए । उनले भने, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?