कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।यस्तै, राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






