Upalabdhi News

आज राष्ट्रपतिविरुद्धको रिटको सुनुवाइ हुने

उपलब्धि मिडिया
अशोज ७, २०७९ | ७:४४ बजे


काठमाडौं,७ असोज । आज नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटमा सुनुवाइ हुने भएको छ ।राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण नगरेपछि गराउन माग गर्दै दर्ता भएका ती सबै रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता डा। सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन् ।संविधानको धारा ११३ को उपधारा ९४० मा एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?