कम्बोडियाको तटमा एउटा डुंगा पल्टियो, २० जना चिनियाँ बेपत्ता
काठमाडौं ,८ असोज ।कम्बोडियाको तटमा एउटा डुंगा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । डुंगामा सवार सवार १८ जनालाई मात्रै उद्धार गरिएको उनले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सिहानोकभिलको एक समय शान्त माछा मार्ने गाउँ हालैका दिनमा चिनियाँ लगानीमा दर्जनौं क्यासिनोहरू खुलेका छन् । तर त्यहाँ चिनियाँ कामदारहरूलाई अवैध रूपमा सहरमा काम गर्नको लागि तस्करी वा बेचबिखन गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप