Upalabdhi News

सडकका बिरुवामा क्षति पुर्‍याउनेलाई ललितपुर महानगरले तिरायो १ लाख भन्दा बढी जरिबाना

उपलब्धि मिडिया
मंसिर २४, २०८२ | ९:३६ बजे

काठमाडौं । अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्‍याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएको छ । 

श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।  गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो । 

बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गएको  हाछेथु बताउँछन् । यो जरिवानाले अन्यलाई सजग बनाउने विश्वास उनले व्यक्त गरे । 

महानगरपालिकाले यसअघि पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गर्नेहरूलाई पनि चर्को जरिबाना तिराउँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?