जुम्लाको गुमनाम गिडितालमा पहिलो पटक सरकारी टोली पुगे
काठमाडौं ,८ असोज ।जुम्लाको गुमनाम गिडितालमा पहिलो पटक सरकारी टोली पुगेको छ । तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल) मा पहिलो पटक सरकारी टोली पुगेको हो ।
जुम्लाको ठूलो तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदह तालको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्वन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुसहित त्यहाँ छ ।
तातोपानी गाउँपालिकाबाट हिडेर आउन जान चार दिन लाग्ने जोखिम रहेको उक्त क्षेत्रमा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवति रावल नेतृत्वको जनप्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापासहित ईन्जिरनियर तथा कर्मचारी टोली, स्थानीय र सरोकारवाला निकाय र नेपाल पत्रकार महासंघ जुम्लाको नेतृत्व पत्रकारहरुसहित ७५ जनाको समूह गिडिदह सम्मेलनमा सहभागी भएका थिए ।
समुन्द्र सतहदेखी ३४८२ मिटर उचाईमा रहेको तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिताल ९दह० मा सम्मेलन सम्पन्न भयो । स्थलगतरुपमा सरकारी तहबाट कोही पनि निकाय उक्त तालमा पुग्न सकेको थिएन ।
उक्त तालको हालसम्म लम्वाई, चौडाई र गहिराई समेत नाप्न सकिएको छैन् । वनजंग, झारी, खोलानाला, पाटनको लामो यात्रा रहेको सो दह क्षेत्रमा बाटो पनि नभएकाले हाल सम्म कोही पनि निकाय त्यहाँ पुग्न नसकेको र पर्यटकीय पूर्वाधार तयार हुन नसकेका कारण पहिलो पटक सम्मेलनको आयोजना गरिएको थियो ।