आज गठबन्धन कार्यदलको बैठक बस्दै, लाग्ला त सिट बाँडफाँटको टुङ्गो ?
काठमाडौं ,८ असोज ।आज सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो ।
शुक्रबारको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप