गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले सफलता चुम्ने छन् – बालकृष्ण खाण
काठमाडौं ,८ असोज । गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । सबै पार्टीहरुमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न गृहमन्त्री खाणले आग्रह गरेका छन् ।
आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैजना उम्मेदवार बन्न सम्भव नरहेको राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने र त्याग गर्ने कुरा गौतमबुद्धबाट सिक्नुपर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप