समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ –इन्द्रबहादुर बानियाँ
काठमाडौं ,८ असोज ।समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताएका छन् ।आज नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा आयोजित प्रथम नगर सम्मेलनमा बोल्दै बानियाँले यस्तो बताएका हुन । उनले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।
उनले ‘संघको ११० र प्रदेशको २२० समानुपातिक सिट खारेज गर्नुपर्ने र राष्ट्रियसभा ५९ सदस्यीय रहेकाले त्यसमा ४० जना थपेर ९९ सदस्यीय बनाउनुपर्ने उल्लेख गरेका छन् । उनले हिजो वडामा चुनाव लड्न खोज्नेहरूले आज सांसद खोजेको भन्दै समानुपातिक निर्वाचनको औचित्य नरहेको बताएका छन् । ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप