Upalabdhi News

कृषिविद् धनेज थापा काठमाडौं २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

उपलब्धि मिडिया
अशोज ८, २०७९ | ४:२१ बजे

काठमाडौं, ८ असोज । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ । काठमाडोैँ क्षेत्र नम्बर २ मा आज आयोजित कार्यक्रमकाबीत पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो । थापा पिएचडी स्कलर हुन् ।

लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छबी बनाएका छन् । पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?