Upalabdhi News

खाद्य कम्पनी दसैंमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट ढुवानी गरेर टिंकर र छाङरु पठाउँदै

उपलब्धि मिडिया
अशोज ९, २०७९ | ८:३३ बजे


काठमाडौं ,९ असोज । दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ ।टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ । स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?