Upalabdhi News

टुगा आस्थाले १५ हजार सदस्य बनाउदै, ४ वटा सेवा केन्द्र रुपन्देहीमा थप्ने

उपलब्धि मिडिया
अशोज ९, २०७९ | ८:५४ बजे


काठमाडौं ,९ असोज । रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ । संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्‍याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूर्ण सहकारी संस्थाहरु मध्येको रहेको बताए ।
साधारण सभामा संस्थाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहारसहित सम्मान गरेको छ । कार्यसूचीमा रहेको प्रस्तावलाई पारित गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?