काठमाडौं उपत्यकामा एकैदिन मापसे गरी सवारी साधन चलाउने २२३ जना कारवाहीमा
काठमाडौं ,९ असोज ।ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेको थियो ।
कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् । यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप