Upalabdhi News

मोटरसाइकलको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु

उपलब्धि मिडिया
अशोज ९, २०७९ | ११:१६ बजे


काठमाडौं ,९ असोज । कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।

से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?