Upalabdhi News

२५० करोडमा बिक्यो बलिउड अभिनेता शाहरुखको ‘जवान

उपलब्धि मिडिया
अशोज ९, २०७९ | ११:३४ बजे


काठमाडौं ,९ असोज । बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ ।यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन ।

फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छन् ।शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?