नेपाल टेलिभिजनले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन
काठमाडौं ,१० असोज ।नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आह्वान गरेको छ । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो ।
सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीनजना मागिएको छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले जनाएको छ । इच्छुकले १० असोजभित्र आवेदन दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप