Upalabdhi News

बजार अनुगमनमा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल

उपलब्धि मिडिया
अशोज ११, २०७९ | १०:३८ बजे


काठमाडौं, ११ असोज । चाडपर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उपमेयर डंगोलले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी हुन ।

उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?