सिलौटाले छातीतमा प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, ११ असोज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
