कुनै पनि नेताले आफ्नो जीवनकालमा सधैँभरी चुनाव लड्नु पर्छ भन्ने छैन – बाबुराम भट्टराई
काठमाडौं, १३ असोज ।संसदीय चुनाव नलड्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संकेत गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भट्टराईले कुनै पनि नेताले आफ्नो जीवनकालमा सधैँभरी चुनाव लड्नुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने उल्लेख गर्दै आफू अब अरुलाई अवसर दिनुपर्छ भन्ने सोँचाइमा रहेको बताएका छन् ।
चुनाव नलड्नेबारे भट्टराईले प्रचण्डसँग पनि छलफल भइरहेको उल्लेख गरेका छन्। भट्टराई २०६४ सालको चुनावपछि लगातार गोरखाबाट निर्वाचित हुँदै आएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ,के सबैले संधै चुनाव लड्नैपर्छ? समाज रूपान्तरण, विकास/समृद्धि,समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिॅडेर हुन्छ? सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र?क. प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाF उॅचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं! तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ!!