Upalabdhi News

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा १०६ जना कर्मचारी माग

उपलब्धि मिडिया
अशोज १४, २०७९ | ७:२५ बजे


काठमाडौं, १४ असोज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १० पदमा १०६ जना कर्मचारी माग गरेको हो । शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले र दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले २१ दिनभित्र दरखास्त आह्वान गर्न सक्नेछन् ।जसअनुसार विभागीय प्रबन्धक २, सहविभागीय प्रबन्धक ६, वरिष्ठ अधिकृत ६, अधिकृत, १०, वरिष्ठ सहायक १९, अटोमिल मेकानिक्स १, मिल अपरेटर १, सहायक ६१ जना माग भएको छ । सबै पदमा गरी आवेदन कम्पनीको वेबसाइटमा गएर अनलाइनमार्फत दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?