Upalabdhi News

पाकिस्तानी सीमानजिकै झडप, १९ जनाको मृत्यु

उपलब्धि मिडिया
अशोज १५, २०७९ | ८:३२ बजे


काठमाडौं, १५ असोज। इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको छ ।

यस महिनाको सुरुमा नैतिकता प्रहरी हिरासतमा कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा फैलिएको अशान्तिको लहरसँग उक्त झडप आबद्ध छ वा छैन भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्’ क्षेत्रीय गभर्नर होसेन खियाबानीले बताए । यसअघि शुक्रबार सरकारी सञ्चार माध्यमहरुले प्रान्तीय राजधानी जाहेदानको एक प्रहरी चौकीमा बन्दुकधारीले आक्रमण गर्दा सुरक्षा बलले जवाफी फायरिङ गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?