Upalabdhi News

उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप, बिहान ३ बजेदेखि नै ट्राफिक खटिए

उपलब्धि मिडिया
अशोज १५, २०७९ | ८:५५ बजे


काठमाडौं, १५ असोज। नेपाली हरुको महानपर्व बडा दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ ।उपत्यकाको जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी क्षेत्रबाट विशेष गरी पूर्वका इलाम, झापा, धरान, जनकपुर, सर्लाही, सिरहा तथा पश्चिम क्षेत्रका बाँके, बर्दिया, दाङ, गुल्मी, पाल्पालगायतका जिल्लामा जानेको सङ्ख्या धेरै छ।

भिडलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा एक हजार जना ट्राफिक प्रहरी खटिएका कार्यालयले जनाएको छ । हिजो शुक्रबार डेढ लाख जनाले काठमाण्डौ उपत्यका छोडेका थिए भने आज सो भन्दा बढी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?