Upalabdhi News

सल्यानमा भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको परिहचान खुल्याे

उपलब्धि मिडिया
अशोज १५, २०७९ | ११:३८ बजे

सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ जिमालीमा भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको परिहचान खुलेको छ । दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेमा जिप चालक सल्यान कुमाख गाउँपालिका ३ चिनालीका अन्दाजी २३ वर्षीय अर्जुन मगर, वडा नं. ७ का १५ वर्र्षीय तिलक गोसाई, ४९ वर्षीय गंग बहादुर पुन, २३ वर्षीया अनिता पुन, उनीको ६ वर्षीय छोरा जीवन पुन, २० वर्षीया झुपा पुन, ३६ वर्षीया शुसिला पुन रहेका छन् ।

यस्तै कुमाख गाउँपालिका ३ चिनालीका ४१ वर्षीय दन्नी ओली, राम्रीकी १९ वर्षीया रुपा रावत, २० वर्षीय लोकेन्द्र ओली, वडा नं. ७ डुमकोटका २ वर्षीय सन्देश पुन, हेमराज पुन, १५ वर्षीय भरत पुन, ३६ वर्षीया भूमि पुन, अन्दाजी २३ वर्षीय सुनिता बोहरा पुन मगर, उनको ६ महिनाको छोरी र जिमाली ७ बस्नेत १३ वर्षीया प्रतिभा पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

घाइते १६ जनाको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते सुनिताको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । शनिबार बिहान साढे ८ बजे कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?