Upalabdhi News

दसैँको मुखमा खाद्य डिपो रित्तै,सर्वसाधारण खाली हात फर्कन बाध्य

उपलब्धि मिडिया
अशोज १६, २०७९ | ८:४६ बजे

काठमाडौ, १६ असोज । जाजरकोटको बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ। नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो।

व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएका छन् ।

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन्। सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?