चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट समाज रुपान्तरणका लागि महत्त्वपूर्ण छ –अग्निप्रसाद सापकोटा
काठमाडौ, १६ असोज । चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने सभामुख अग्निप्रसाद सापकोटाको भनाई छ । आज विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै उनले चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।
उनले यसवर्ष विभिन्न ठाउँमा कोरोना, डेङ्गी तथा विभिन्न प्रकोपमा परेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै सभामुख सापकोटाले सबैलाई सचेत र सजग रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप