Upalabdhi News

दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

उपलब्धि मिडिया
अशोज १७, २०७९ | ८:२६ बजे


काठमाडौं, १७ असोज । नेपालीहरुको महानपर्व बडा दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैं बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो ।

एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने महानगरले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । महानगरले हाल काठमाडौंसहित देशैभरिमा डेंगु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?