Upalabdhi News

इक्वेडरको कारागारमा कैदीबिच झडप, १५ जनाको मृत्यु

उपलब्धि मिडिया
अशोज १८, २०७९ | ११:२८ बजे


काठमाडौं, १८ असोज । इक्वेडरको एक कारागारमा कैदीहरुबिच भएको झडपमा १५ जनाको मृत्यु भएको छ। लतकुगास्थित कोटोपासी नम्बर १ मा भएको झडपमा १५ जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

सन् २०२१ को फेब्रुअरीयता इक्वेडरका कारागारमा हिंसाहुँदा ४०० जना बढी कैदीको मृत्यु भइसकेको छ। कारागारभित्र ग्याङहरुबिच र लागू औषध कारोबारीबिच झडप हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?