आज बिहानैदेखि हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा भक्तजनको भीड
काठमाडौं, १८ असोज । आज बिहानैदेखि हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा भक्तजनको भीड लागेको छ । महानवमीका दिन मात्र खुला गरिने काठमाण्डौ हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भीड लागेको हो ।
हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्परा अनुसार आज मन्दिर खुला गरिएको हो । तलेजु मन्दिरमा ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप