कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, २० असोज । गएराति कञ्चनपुरको पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल राना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
