Upalabdhi News

गठबन्धन बैठक आज पनि जारी, सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास

उपलब्धि मिडिया
अशोज २०, २०७९ | १२:०८ बजे


काठमाडौं, २० असोज । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन ।

औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टीका बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?