एएफसी यू–१७, आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं, २१ असोज आज एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले दोस्रो खेल खेल्दैछ ।नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन ।बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।समूह एफ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
