चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवार तीन जनाको मृत्यु
काठमाडौं, २१ असोज ।केही दिन देखि निरन्तर परेको बर्षाका कारण काठमाडौंको चन्द्रागिरिस्थित ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका– २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।‘राति १२ बजे पहिरो खसेको रहेछ, उनले भने, अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप