स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह १२ बजे बस्दै
काठमाडौं, २१ असोज।आगमी ४ मंशिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण विहीबार अपरान्ह बोलाइएको सो बैठक बस्न नसके पछि शुक्रवार अपरान्ह १२ बजेका लागि वालुवाटारमा बैठक बोलाईएको हो । जनता समाजवादी पार्टी, नेपाल बाहेक अन्य चार राजनीतिक दलहरुको बैठक सकिएलगत्तै सो बैठक सुरु हुने कांगे्रसका नेताहरुले जनाएका छन ।
सो बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने छ । २३ असोज भित्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा नाम दर्ता गराउनु पर्ने बाध्यताका बिचमा सो बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप