नारायणी नदीले खतराको तह पार गर्यो, पश्चिम चितवन र नवलपुरमा बाढीको खतरा
काठमाडौं, २१ असोज ।केही दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको आज बिहान ११ बजेर ५५ मिनेटको समयमा फेरि खतराको तह नाघेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । देवघाट मापन केन्द्रमा नारायणीको तह ९ दशमलव ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
त्यस्तै नारायणी नदीको नारायणघाट पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको सतह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप